सेनाको हवाई आक्रमणमा म्यानमारमा ५३ जना मारिए

सेनाको हवाई आक्रमणमा म्यानमारमा ५३ जना मारिए

म्यानमार सेनाको हवाई आक्रमणमा ५३ जना मारिएका छन् । उक्त आक्रमणमा सयौं घाइते भएको र मारिएकामध्ये डेढ दर्जन महिला तथा बालबालिका रहेको बताइएको छ ।

सेनाले दुई वर्षअघि गरेको सैन्य ‘कू’ पछि पछिल्लो आक्रमण सबैभन्दा भीषण भएको प्राप्त समाचारमा जनाइएको छ । सैन्य आक्रमण म्यान्मारको उत्तर पश्चिमको सगाइङ्ग क्षेत्रमा भएको हो ।

बीबीसीका अनुसार सैन्य सत्ताको विरोध गर्दै आएको सो क्षेत्रको पिपुल्स डिफेन्स फोर्स पीडीएफको नयाँ कार्यालय उद्घाटन कार्यक्रममा सहभागीहरुमाथि सेनाले विमानबाट आक्रमण गरेको थियो ।

पछिल्लो दुई वर्षमा म्यानमारमा ३० हजारभन्दा बढी मानिस मारिएका छन् । डेढ लाख नजिकका छिमेकी मुलुकमा विस्थापित भइसकेका छन् ।

टिप्पणीहरू