कोलम्बिया गएको टोलीले त्यहाँका ‘प्रचण्ड’ लाई भेट्यो

कोलम्बिया गएको टोलीले त्यहाँका ‘प्रचण्ड’ लाई भेट्यो

दक्षिण अमेरिकी मुलुक कोलम्बियाको भ्रमणमा गएको नेपाली संसदीय टोलीले त्यहाँका प्रचण्ड अर्थात् शान्ति सम्झौतामा हस्ताक्षरकर्ता रोड्रिगो लोन्दोनोसँग भेटवार्ता गरेको छ । पूर्वसभामुख सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले स्थानीय समयानुसार बुधबार बेलुका भेटेको हो ।

रोडृगो त्यहाँका पूर्व गुरिल्ला नेता हुन् । तत्कालीन रिभोलुशनरी आर्मड फोर्सेज कोलम्बिया (एफएआरसी) का कमाण्डर थिए । मार्क्सवादी आन्दोलनकारी समूहले त्यहाँको सरकारसँग विद्रोह गरेका थिए । 

सन २०१६ मा भएको शान्ति सम्झौतापछि रोडृगो अहिले संसदीय कम्युन्स पार्टीका नेता हुन् । नेम्वाङ नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा एमाले उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक,राधेश्याम अधिकारी र राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा,पूर्व तीन तारे जर्नेल पवनबहादुर पाण्डे र चित्रबहादुर गुरूङ छन् ।

टिप्पणीहरू