नेताहरुलाई ढ्यांग्रो ठटाएर लखेट्ने महावीरको चेतावनी
राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेटिने चेतावनी दिएका छन् ।
काठमाडौँको माइतीघर मण्डलामा शुक्रबारबाट आन्दोलन थालेका उनले यस्तो चेतावनी दिएका हुन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै उनले नीति निर्माणको तहमा बस्नेहरुले आफ्ना माग सम्बोधन नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने बताए ।
सांसदहरुलाई भाषण र उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय किन नमिल्ने भन्दै पुनले प्रश्न गरे ।
त्यसक्रममा उनले अनुसन्धान, आविष्कार नवप्रवद्र्धन हेर्ने विभाग गठन गरिनुपर्ने आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने पनि बताए । नेताहरूले बोलेर मात्रै विकास नहुने भन्दै उनले काम गर्नुपर्नेमा जोड दिए ।
टिप्पणीहरू