आकाशै ठीक नभएपछि

आकाशै ठीक नभएपछि

घटना अस्ति सोमवारको हो । काठमाडौंबाट फ्लाई दुबईको एउटा जहाज उड्नेबित्तिकै गडबडी शुरु भएछ । कतातिर हो आगो बलेको रहेछ । आगो बलेपछि विमान फोर्स ल्याण्डिङ गर्ला कि भन्ने लागेको थियो । तर गरेन । विमान त उडेको उड्यै भयो । यति धेरै खतरा हुँदा पनि विमान ल्याण्ड गरेन । के गरेको होला यस्तो ?

शायद पाइलटलाई लाग्यो होला, आखिर नेपाल न हो । यहाँ के पो सही ढंगले उडेको छ र ? दुई वर्षअघिको कुरा हो । दुइटा पाइलट बसेर एउटा जेट उडाइएको थियो । उडेको बेलासम्म ठीकै थियो । तर उडिसकेपछि गडबडी देखियो । पखेटामा आयो लाग्यो । पुच्छरमा आगो लाग्यो । अगाडि नाकैमा पनि आगो लाग्यो । तर, दुवै पाइलटले ल्याण्ड गर्न मानेनन् । आखिर दुर्घटनै भयो । 

अहिले पनि शायद त्यही भएको होला । उड्दा उड्दै जब आगो लागेपछि त ल्याण्ड गर्नुपर्ने हो । तर गरेन । उडाएको उडायै ग¥यो । नेपालमा ल्याण्ड गर्ला भनेर त्रिभुवन विमानस्थलमा सारा तयारी थियो । तर ल्याण्ड भएन । बरु सोझै दुवई पुगेर मात्रै सास फे¥यो । नेपाली आकाश खतरामुक्त हुन सकेको छैन भनेको यही कारणले पो हो कि ? भुइँमा हुन्जेल जहाज ठिकै हुन्छ । आकाशमा पुगेपछि के हुन्छ, के हुन्छ ।
 

टिप्पणीहरू