भदौ २३ को केपी ओली
अब गएको भदौ २३ गते नेपालमा के भयो, त्यो भनिरहन नपर्ला । जेन जीको शान्तिपूर्ण आन्दोलन थियो । प्रहरीले भटटट गोली चलायो । गोली लागेर १९ जना युवाको त्यति नै खेर ज्यान गयो । बेलुकी केही मन्त्री, केही पार्टी नेता बसेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेछन् ।
एक नेता – प्रधानमन्त्रीज्यू, मान्छे धेरै मरे । आन्दोलन अझै चर्केला जस्तो छ । राजीनामा दिनुपर्ने पो हो कि !
ओली – किन राजीनामा दिने ?
नेता – मान्छे धेरै मरे नि !
ओली – मैले मार्या हो ?
नेता – गोली लागेर मरे नि !
ओली – मैले गोली चलाएको हो ?
नेता – गोली त पुलिसले चलाएको हो ।
ओली – म पुलिस हो ?
नेता – पुलिस त तपाईंंको हो नि ! तपाईंको पुलिसले गोली चलाएको हो ।
ओली – उसोभए पुलिसको राजीनामा माग्नोस् । गोली चलाउने पुलिस, अनि राजीनामा दिने मैले ? कुरा मिल्छ ? पुलिसको कोसँग कहिलेको के रिस छ मलाई के थाहा ? त्यही रिसमा चलायो होला । अब जसले चलाएको हो उसैसँग माग्नोस् राजीनामा । बुझ्नुभयो ?
नेता अचानक झोक्राए । उनले त्यतिबेला कुरा बुझेनन् । भोलिपल्ट बल्ल बुझे ।
टिप्पणीहरू