संसदको दुबै सदनमा नयाँ सचिव सिफारिस
प्रतिनिधि सभा र राष्ट्रियसभा को सचिवमा नयाँ सिफारिस गरिएको छ । जसअनुसार प्रतिनिधि सभा सचिवमा पदमप्रसाद पाण्डेय र राष्ट्रिय सभाको सचिवमा सुरेन्द्र अर्याल छन् ।
पाण्डे नायव महान्यायाधिवक्ता छन् । उनलाई सभामुख देवराज घिमिरेले र सहसचिव अर्याललाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सिफारिस गर्नुभएको बताइएको छ ।
उक्त दुबै सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि सचिवमा नियुक्ति हुने संवैधानिक व्यवस्था छ । यसअघिका प्रतिनिधि सभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको ५ वर्षे कार्यकाल सकिएको हो ।
टिप्पणीहरू