आरक्ष विस्तारका बिस्थापितहरुको बालुवाटारमा डेलिगेसन

आरक्ष विस्तारका बिस्थापितहरुको बालुवाटारमा डेलिगेसन

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् । 

वालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर नेकपा माओवादी (क्रान्तिकारी) का केन्द्रीय सदस्य हरिप्रसाद सुवेदीसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । आरक्ष विस्तारका क्रममा विस्थापित भएको लामो समयसम्म पनि उचित व्यवस्थापन हुन नसकेको गुनासो गर्दै उनीहरु आज प्रधानमन्त्रीकहाँ पुगेका हुन् । 

ज्ञापनपत्र बुझाउँदै उनीहरुले आफ्नो समस्या समाधान गरिदिन माग गरेका छन् । प्रधानमन्त्री प्रचण्डले तत्काल क्याबिनेट बैठकबाट समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको केन्द्रीय सदस्य सुवेदीले बताए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएको दुई दशक बितिसक्दा पनि पीडितहरुले स्थायी समाधान पाउन सकेका छैनन् । वि.सं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा यहाँको बस्ती विस्थापित भएका थिए ।

टिप्पणीहरू