एमाले सांसद तथा परिवार दलका अध्यक्ष फेरि उडे

एमाले सांसद तथा परिवार दलका अध्यक्ष फेरि उडे

हप्तामा दुई पटकसम्म विदेश आउजाउ गरिरहने एमाले सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल आज बैंकक उडेका छन् । 

दुई दिनअघि कोरियाबाट फर्किएका उनी आज दिउँसो थाइल्याण्डको राजधानी बैंकक गएका हुन् । थाईस्माइल एयरलाइन्सको उडान नम्बर डब्लुइ ३२० मा सांसद ढकाल दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ गएको बताइएको छ ।

होलिवाइन उपनामलेसमेत प्रख्यात ढकाल परिवार दलका अध्यक्ष हुँदाहुँदै एमालेमा पोलिटब्यूरो सदस्यसमेत छन् । हङकङ, मलेसिया, कोरिया, अष्ट्रेलिया, फिलिपिन्सतिरको उनको आउजाउ पानीपँधेरो जस्तै भएको छ । 

गत मंगलबार हङकङ हुँदै सिओलबाट राति १० बजे स्वदेश फर्केर साढे १२ बजे सोही विमानमा उनी हङकङ हुँदै कोरिया गएका थिए । वैशाख महिनामा मात्रै उनी भारत, सिंगापुर, कोरिया, हङकङ गइसकेका छन् ।

टिप्पणीहरू