शनिबारसम्म मौसम यस्तै रहने, कतैकतै चट्याङसहित पानी पर्ने

शनिबारसम्म मौसम यस्तै रहने, कतैकतै चट्याङसहित पानी पर्ने

काठमाडौँ उपत्यकासहित देशभर आगामी तीनसम्म मौसम नखुल्ने भएको छ । अहिले देशका विभिन्न स्थानमा मौसम बदली भइरहेको र त्यो क्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

आज दिउँसोदेखि देशका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ । राती भने कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

त्यस्तै, कोशी प्रदेशका थोरै वा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने महाशाखाको अनुमान छ । 

भोलि कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्तया सफा रहने जनाइएको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । 

महाशाखाका अनुसार राती भने कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको अनुमान महाशाखाले गरेको छ । 

शनिबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै, पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । 

राती भने पहाडी भूभागमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

टिप्पणीहरू