राष्ट्रियसभाको बैठक सर्यो
आज बस्ने भनेको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
आज बिहान ११ः ११ बजेका लागि तय भएको बैठक विशेष कारणवश भोलि बस्नेगरी सारिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । उनका अनुसार बुधबार बिहान ११ः ११ बजे नै बस्ने गरी बैठक सारिएको हो ।
‘मिति २०८० साल जेठ २३ गते मंगलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्युले २०८० साल जेठ २४ गते बुधवार बिहान ११ः ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।
आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय थियो ।
टिप्पणीहरू