प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । उहाँकी ९० वर्षीया आमा डम्बरकुमारी थापाको आज निधन भएको हो ।
निधनप्रति आयोगले शोक प्रस्ताव पारित गर्दै दुःख व्यक्त गरेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रमुख आयुक्त थापलियाकी आमाको आज बिहान पौने ८ बजे निधन भएको थियो ।
टिप्पणीहरू