एकीकृत समाजवादीले यथास्थितिमा बजेट पास गर्न नदिने

एकीकृत समाजवादीले यथास्थितिमा बजेट पास गर्न नदिने

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित गर्न नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेट सच्याएर पास गर्नुपर्ने पक्षमा निर्णय लिएको हो । 

बैठकपछि उपाध्यक्ष राजेन्द्र पाण्डेले सबैजसो सांसदहरूले यथास्थितिमा बजेट पारित गर्न नहुने धारणा राखेको बताउनुभयो । अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बजेट सच्याउने विषयमा छलफल गर्नसमेत सांसदहरुले आग्रह गरेका छन् ।

बजेट सन्तुलित नभएकाले सच्याउनु पर्ने बैठकको निचोड रहेको उपाध्यक्ष पाण्डेले जानकारी दिनुभयो । एकीकृत समाजवादीका सांसदहरुले संसद बैठकमा पनि प्रधानमन्त्री, अर्थमन्त्री र केही मन्त्रीहरुको निर्वाचन क्षेत्रमा मात्रै वितरण गरिएको भन्दै असन्तुष्टी जनाएका थिए  ।

टिप्पणीहरू