विद्यालययको शौचालयमा दायाँबायाँ भित्तो, छानो रित्तो
झापाको एउटा विद्यालयका विद्यार्थीहरुले शौचालय भित्रैबाट आकाश हेर्ने गरेका छन् । नौ महिनाअघि हावाहुरीले उडाएको छानो हालसम्म मर्मत नगर्दा उक्त अवस्था देखिएको बताइन्छ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित सरस्वती आधारभूत विद्यालयको शौचालयको छानो महिनौंसम्म पनि असरल्ल छ । करिब एक सय जना विद्यार्थी भएको विद्यालयमा वर्षाको समयमा विद्यार्थीहरु भिजेरै शौच गर्न बाध्य छन् ।
शौचालयमा भिजेको कारण कतिपय विद्यार्थी बिरामीसमेत परेको एक अभिभावकले बताए । नाङ्गो शौचालयको कारण बालबालिका विद्यालय जान नमानेछपछि अभिभावकहरुले स्थानीय सरकारलाई छानो हालिदिन आग्रह गरेका हुन् ।
टिप्पणीहरू