धुलोरहीत काठमाडौंका लागि एक अर्ब छुट्ट्याइयो

धुलोरहीत काठमाडौंका लागि एक अर्ब छुट्ट्याइयो

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष पनि ‘धुलोरहीत काठमाडौं कार्यक्रम’ लाई निरन्तरता दिने भएको छ । आज बसेको नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनीता डंगोलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा उक्त कार्यक्रम समावेश गरिएको छ । 

धुलोरहीत काठमाडौं कार्यक्रमका लागि एक अर्ब रकम विनियोजन गरिएको छ । महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार विनियोजन गरिएको छ । उपप्रमुख डंगोलले ‘पूर्वाधार एम्बुलेन्स’, ‘सुन्दर महानगर’, ‘उज्यालो सहर मेरो महानगर’ कार्यक्रमका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको बताइन् ।

टिप्पणीहरू