अदालतको आदेश मान्दिन भन्ने बालेनसँग लिखित जवाफ माग

अदालतको आदेश मान्दिन भन्ने बालेनसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ । 

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ दिन आदेश दिएको हो । 

विवादास्पद संवाद रहेको भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने आफ्नो निर्णयविरुद्ध उच्च अदालत पाटनले दिएको अन्तरिम आदेश अवज्ञा गर्ने बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको जिकिर गर्दै अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार रिट हालेकी थिइन् ।
 

टिप्पणीहरू