वृद्धवृद्धालाई आश्रम, भद्रकुमारी सेवा सदनमा महानगरको डोजर
काठमाडौँको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन खाली गराउन नगर प्रहरीको टोली डोजर लिएर पुगेको छ ।
सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरिएको भन्दै महानगरले उक्त भवन खाली गराउन आज डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचित गरेको थियो । तीन दिनअघि उक्त भवन खालीको निम्ति आग्रह गरिए पनि नटेरेपछि बाध्य भएर यस्तो कदम उठाउनु परेको महानगरले जनाएको छ ।
ठूलो संख्यामा प्रहरी समेत परिचालन गरेर अहिले धमाधम भत्काउने काम भइरहेको छ । सदनमा रहेका असहाय र अशक्त वृद्धवृद्धालाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।
टिप्पणीहरू