सामाजिक सन्जालमार्फत एमाले अध्यक्षद्वारा स्वदेश फर्कन लागेको सूचना, प्रमाणस्वरुप १० तस्बिर

सामाजिक सन्जालमार्फत एमाले अध्यक्षद्वारा स्वदेश फर्कन लागेको सूचना, प्रमाणस्वरुप १० तस्बिर

एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडियाबाट काठमाडौं फर्कंदै हुनुहुन्छ । उहाँ सिंगापुर एअरलाइन्सको उडानमा राति १० बजे काठमाडौं आइपुग्ने तालिका छ ।

कम्बोडियामा हिजो सम्पन्न आमनिर्वाचनको पर्यवेक्षण गर्न आधा दर्जन सदस्य टोलीको नेतृत्व गर्दै उहाँ गत साता त्यसतर्फ जानुभएको थियो । यसअघि कहिल्यै प्रत्यक्ष निर्वाचनमा सहभागी नभएका र हाल परिवार दलको अध्यक्ष हुँदाहुँदै एमाले सांसद बनेका एकनाथ ढकाल समेत निर्वाचन पर्यवेक्षण टोलीमा सहभागी भएका थिए । 

कम्बोडियाको हिजो सम्पन्न निर्वाचनमा सत्तारुढ दलले विपक्षीमाथि दमन गरेको आरोप लागेको छ । सोही निर्वाचनको पर्यवेक्षण गरेर फर्कन लाग्नुभएका अध्यक्ष ओलीले सिंगापुरबाट सामाजिक सञ्जालमा १० वटा फोटो पोष्ट गर्नुभएको छ ।

टिप्पणीहरू