कोरिया जाने नेपाली कामदारको छनोटमा रोक, परीक्षा रद्द

कोरिया जाने नेपाली कामदारको छनोटमा रोक, परीक्षा रद्द

रोजगार अनुमति प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने नेपाली कामदारहरुको छनोटमा रोक लगाइएको छ । 

ईपिएस कोरिया शाखाले एक सूचना प्रकाशित यससम्बन्धी जानकारी दिएको हो । पटक-पटक सम्झाउने प्रयास हुँदासमेत अनैतिक क्रियाकलाप भएको भन्दै इपिएसले उत्तीर्ण भइसकेको विद्यार्थीहरुसहित छनोटको सम्पूर्ण प्रक्रियामाथि रोक लगाएको बताएको छ ।

 
सूचनामा जनाइए अनुसार अब दुई वर्षपछि मात्र नयाँ सम्झौता गरी पुनः परीक्षा गराई छनोट गरिनेछ । 

‘रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत गणतन्त्र कोरिया जाने नेपाली कामदारहरुको छनोटमा रोक लगाइएको छ,’ सूचनामा भनिएको छ, ‘विगत केही समयदेखि अनैतिक क्रियाकलाप भइरहँदा पटक पटक सम्झाउने प्रयास हुँदा पनि अनैतिक क्रियाकलाप भएको भन्दै उत्तीर्ण भइसकेको विद्यार्थीहरुसहित छनोटमा रोक लगाइएको छ । र, अब २ वर्षपछि मात्र नयाँ सम्झौता गरी पुनः परीक्षा गराई छनोट गरिने छ । हालको सबै विद्यार्थीलाई रद्द गर्ने घोषणा गरेको छ ।’

टिप्पणीहरू