प्रमुख निर्वाचन आयुक्तमाथि महाभियोगको चेतावनी

प्रमुख निर्वाचन आयुक्तमाथि महाभियोगको चेतावनी

जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई महाअभियोग लगाउने चेतावनी दिएका छन् । 

निर्वाचन खर्च विवरण नबुझाउने र सार्वजनिक नगर्ने उम्मेदवारमाथि कारबाहीसम्बन्धी हिजो आयोगले जारी गरेको विज्ञप्ति त्रुटिपूर्ण रहेको जनाउँदै उनले यस्तो चेतावनी दिएका हुन् । उक्त विज्ञप्तिप्रति थपलियाले माफी माग्नुपर्ने सांसद यादवको मागसमेत छ । 

प्रमुख आयुक्त थपलियाले जनप्रतिनिधिहरूको चरित्रहत्या गर्ने अभिप्रायले योजनावद्ध तवरबाट नाम सावर्जनिक गरेको आरोप लगाएका यादवले यसप्रति माफी नमागे मुद्धा हाल्ने वा महाभियोग लगाइने बताए । 

‘जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने गरी प्लानमा,डिजाइनमा प्रमुख निर्वाचन आयुक्तले विज्ञप्ति जारी गर्नुभयो । जबकि हामीले समयमै खर्च विवरण बुझाएका छौं । जिल्ला निर्वाचन कार्यालयमा रेकर्ड छ । आफ्नो सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गरेका छौँ', यादवले भने, 'तर, जानीजानी पनि कानुनको आफैं व्याख्या गरेर जनप्रतिनिधिहरूको चरित्र हत्या गर्ने काम गर्न खोज्नुभएको छ । यो खेदजन्य छ । प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु । माफी माग्नुभएन भने मानहानिको मुद्दा वा महाभियोग लगाउनुपर्छ ।’

टिप्पणीहरू