गठबन्धनप्रति काँग्रेस प्रतिबद्ध, भ्रष्टाचार विरोधी अभियानमा सरकारलाई सघाउने
नेपाली काँग्रेसले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने जनाएको छ ।
केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी गराउँदै महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा ’दोषी नउम्किउन्, निर्दोष नफसुन्’ भन्ने नीतिका आधारमा काँग्रेसले सरकारलाई साथ दिने निर्णय गरेको बताए ।
त्यस्तै, गठबन्धनलाई थप प्रभावकारी बनाउने पनि बैठकको निर्णय छ । गठबन्धनकै कारण काँग्रेस सरकारमा हुनुका साथै राष्ट्रपतिसमेत प्राप्त गर्न सकेको महामन्त्री शर्माले सुनाए ।
टिप्पणीहरू