प्रधानन्यायाधीश घर नगएसम्म कानुनमन्त्री अमेरिकामै

प्रधानन्यायाधीश घर नगएसम्म कानुनमन्त्री अमेरिकामै

कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अमेरिका घुमघामपछि स्वदेश फर्कनुभएको छ । उहाँ गएराति १ बजे बल्ल काठमाडौं आइपुग्नुभएको हो । 

कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा दोहा हुँदै आएका मन्त्री गुरुङ अमेरिकास्थित गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएको १२ औं वार्षिक साधारण सभामा भाग लिन जानू भएको थियो ।

यता,लामो समयदेखि मन्त्रीका कारण न्याय परिषदको बैठक बस्न सकेको छैन । सर्वोच्च अदालतदेखि उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीशहरुको पदपूर्ति पनि हुन सकेको छैन । यसबीच प्रधानन्यायाधीश हरिकृष्ण कार्की आजदेखि अवकाश हुनुभएको छ ।

संवैधानिक परिषद्को अस्ति बसेको बैठकले नयाँ प्रधानन्यायाधीशमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । कानुनमन्त्रीसमेत उपस्थित हुनुपर्ने उक्त बैठकमा भागै नलिई विदा बढाएर उहाँ अमेरिकामै हुनुहुन्थ्यो ।

टिप्पणीहरू