नेपाली महिला क्रिकेट भारतकी देविकाले सम्हाल्ने
नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्वक्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आज बिहान यसबारे जानकारी दिएको हो ।
अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोट प्रतियोगितालाई लक्षित गरेर क्यानले देविकालाई प्रशिक्षकको जिम्मा दिएको हो । उनी काठमाडौं आइसकेकी छन् ।
भारतको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्सको टोलीमा ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेकी देविकाले राष्ट्रिय टोलीबाट एक टेस्ट र १५ ओडीआई खेलेकी छन् । महिला क्रिकेट टिमका लागि विदेशी प्रशिक्षक नियुक्त गरिएको यो पहिलो पटक हो ।
नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह ‘बी’ मा, चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् ।
टिप्पणीहरू