बूढाबूढीले ओगटे घण्टी, लौरोको तमाशा चल्छ

बूढाबूढीले ओगटे घण्टी, लौरोको तमाशा चल्छ
सुन्नुहोस्

विवादास्पद पृष्ठभूमिबाट राजनीतिमा छिरेका राजीव गुरुङ प्रदेशसभाको अघिल्लो कार्यकालमा दुईपटक मन्त्री भए । अहिले फेरि मन्त्री बन्ने दिन पर्खिएर बसिरहेका छन् । भनिन्छ, मन्त्रीबिना बस्नै सक्दैनन् । केही हप्तादेखि नियमित रुपमा काठमाडौंमै छन् । वर्षाका कारण मनाङ चढ्न सम्भव नभएको र पोखरामा पनि कुनै जरुरी काम नभएका कारण काठमाडौंमै छु भन्छन् । नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि उक्त पार्टीको सम्पर्क मञ्चको अधिवेशन गराउन काठमाडौं छिरेका थिए । तर, लामो समयको बसाइका क्रममा प्रदेश सरकारमा सहभागितासहित पार्टीका नेताहरुसँग भेटेरै समय बिताइरहेका छन् ।

तपाईं काठमाडौंमा हुनुहुन्छ । पोखरामा मन्त्रिपरिषद् विस्तार हुने भयो भने छुट्नुहोला नि †

– त्यसको चिन्ता छैन । किनभने, अब त म पार्टीको सांसद हो । मेरो डिल मैले होइन, पार्टीले गर्छ । फेरि मन्त्री नै हुनुपर्छ भनेर जन्मिएको पनि त होइन । म मन्त्री भएँ भने त्यसको फाइदा पार्टीलाई नै छ ।

त्यसो भए मन्त्री हुने निश्चित छैन ?

– प्रदेश सरकार गठबन्धनको हो । हामीले समर्थन गरेका छौं । शुरुमै हाम्रो एउटा मन्त्री स्योर भनेको हो । विभिन्न कारणले भएन । अब विस्तारै हुन्छ ।

पहिला किन भएन र अहिले किन हुन्छ ?

– यो सबै पोलिटिकल कुरा हो । म धेरै पोलिटिक्स जान्ने मान्छे होइन । त्यही भएर त सबै कुरा पार्टीका नेताहरुले गर्ने भनेको नभए त संसदभित्र हाम्रो पार्टी संसदीय दलको नेता पनि मै हो । म आफैं कुरा गर्न गइहाल्थेँ । पार्टीमा भइसकेपछि त्यो पार्टीको पोलिसीभित्र बस्नैपर्छ । हाम्रो पार्टीको पोलिसी सरकारमा जाने छ । कहिले जान्छ भन्नेवारे नेताहरुले भन्नुहुन्छ ।

यदि मन्त्री हुनुभएन भने...?

– भात खान पाएन भने, रक्सी खान पाएन भने, डिस्कोमा जान पाएन भने...जस्तो कुरा नगरौं । पोलिटिक्समा भएपछि कहिले मन्त्री हुनुपर्छ, कहिले सांसदमात्रै भएर बस्नुपर्छ । कहिले चुनाव हार्दा पोलिटिक्स नै नगर्ने भन्ने पनि हुँदैन । सबै कुरा सिष्टमले बन्ने हो, बनाउने हो । 

कुन मन्त्रालय माग गर्नुभएको छ ?

– मैले माग्ने होइन । पार्टीले माग्छ । पार्टीलाई जे चाहिएको छ, त्यही हुने हो । मैले त गएर चलाउने मात्रै हो । 

मुख्यमन्त्री नै पाए पनि चलाउने हो ?

– म मुख्यमन्त्री हुने होइन । मन्त्रीमात्रै हुने हो । शुरुमै भनेको छु, मुख्यमन्त्रीको लागि म क्वालिफाइड होइन । मेरो क्वालिटीअनुसारको मन्त्रालय पार्टीले माग्छ । 

तपाईंको क्वालिटी के हो त ?

– खेलकुद मन्त्री भएर दुईचोटि काम गरेँ । मेरो काम भनेको पार्टी बनाउने हो । गण्डकीमा पार्टी के ग¥यो भने बन्छ भनेर अध्यक्ष र अरु नेताहरुलाई ब्रिफ गरिसकेको छु । युवालाई ह्याण्डल गर्न सकिएन भने पार्टी बन्दैन । कस्तो–कस्ता हावाहरु आएर पोलिटिक्स गर्न थालिसके । अब युवाको अग्रसरतामा जनताको लाइफस्टाइललाई चेञ्ज गर्न सक्ने विश्वास जनतालाई दिनसक्ने काम गरेन भने त्यो पोलिटिक्स चल्दैन । त्यसैले सबैभन्दा पहिला युवालाई आत्मनिर्भर बनाउनुपर्छ ।

त्यसका लागि सिंञ्चाई मन्त्रालय भयो भने उपभोक्ता समितिमा युवालाई राख्नुपर्छ, तारजालीको ठेक्का लगाउनुपर्छ । अर्को किसिमको युवाहरु ठेकेदार भएर काममा लाग्छ । उनीहरुले पैसा कमाएपछि त्यो पैसा पार्टीकै लागि काम लाग्छ । काम पाएका युवाले अरु युवालाई पार्टीमा तान्छ । हामीले गफ दिएर हुँदैन, काम गरेरमात्रै हुन्छ । त्यसैले म काम, काम र कामबाहेक सोच्न सक्दिनँ ।

अहिले स्वतन्त्रहरुको लहर आइरहेको बेला तपाईं किन बूढाखाडा भएको पार्टीमा लाग्नुभएको ? 

– पोलिटिक्समा बूढाखाडाको धेरै ठूलो महŒव हुन्छ । उनीहरुले सिकाएन भने युवाले कसरी अगाडि बढ्ने ? माधव नेपालले आफ्नो बेलाको एक्सपेरियन्स सुनाउनुभएको छ । त्यसलाई युवाले आफ्नो काममा उतार्ने हो । अहिले स्वतन्त्रको लहरसहर केही होइन । मेन स्ट्रिम पोलिटिक्सले युवालाई टास्क दिन नसकेर यस्तो भएको हो ।

हामी अहिले युवालाई सोसाइटीमा कसरी स्ट्याब्लिष्ड गर्ने, कसरी उनीहरुलाई आत्मनिर्भर बनाउने र देश बनाउन अग्रसर गराउने भनेर सोचिरहेका छौं । केही काम पनि गरिरहेका छौं । घण्टी बजाएर, लौरो हल्लाएर हुँदैन । काम गरेर देखाउनुपर्छ । हामी काम देखाएर जनताको भोट ल्याउने हो । 

बालेन, हर्क साम्पाङ, रवि लामिछानेहरुको बारेमा के भन्नुहुन्छ ?

– यो तीन जनाको बारेमा एउटै कुरा भनेर हुँदैन । बालेनले नराम्रो गरेको छैन । तरिका अलिक पु¥याएन । केटाकेटी पाराले आफैं डोजर चढेर हिँड्ने होइन । यो अभ्यास ०४३ सालमा बिराटनगरका प्रधानपञ्च ध्रुवले गरिसकेको हो ।  उसको एक्सन ठीक छ । तर, पोलिटिक्समा कोअर्डिनेटिङ क्यापासिटी एकदमै इम्पोर्टेन् हुन्छ । बालेनले त्यस्तो गर्न सकेको छैन । हर्क साम्पाङको मलाई सबै कुरा मन पर्छ । धरानमा पानीको अभाव छ । यसमा ऊ जसरी लागेको छ, नराम्रो त होइन ।

तर, मेयर आफैंले ढुंगा–बेल्चा बोकेर हिँड्ने होइन । अरुलाई हिँडाल्ने हो । जनता जाने हो । कर्मचारी हुन्छन्, ठेकेदार हुन्छन् । सबैलाई परिचालन गर्ने हो । म खेलकुद मन्त्री भएँ । मैले ग्राउण्ड खन्दै हिँड्नुपरेन । ग्राउण्ड त बन्यो । त्यसमा युवाहरुले मलाई धेरै नै सपोर्ट गरेको छ । किनभने, मैले जुन तरिकाले काम गर्दा युवाहरु खुशी हुन्छ, त्यही काम गरेको हो । 

अनि, रवि ?

– यो त हावा हो । अमेरिकाबाट भागेर आएको मान्छेले यहाँ त्यति ठूलो गफ दिएर हिँड्न मिल्दैन । टिभीमा शो चलाएर अर्कालाई गाली गरेजस्तो पोलिटिक्स चल्दैन । गफ दिएर हुँदैन । काम गर्नुपर्छ ।  काम पनि कस्तो गर्ने ? व्यापारीसँग पैसा माग्ने पनि कुनै काम हो ? मेरै साथीहरुको क्रसरसँग पैसा मागेको छ । व्यापार गर्ने मान्छेलाई सताएर पोलिटिक्स गर्ने होइन । 

अर्को चुनावमा संघीय संसदका लागि तयारी गर्दै हुनुहुन्छ ?

– अहिले म मेरो केटाहरुलाई पोलिटिक्समा ल्याएर अगाडि बढाउने काम गर्दै छु । अब एउटा चुनाव त लड्छु । पार्टीले भन्यो भने संघमा पनि हुनसक्छ । त्यसपछि मेरो भाइ, बहिनीहरु अगाडि बढ्दैछन्, उनीहरुलाई छोड्नुपर्छ । बूढो भएर, मर्नेबेलासम्म पोलिटिक्स गर्ने होइन । बूढेशकालमा त रिल्याक्स गरेर जीवन बिताउने हो । यताको टेन्सन, उताको टेन्सन बोकेर बाँच्न सकिँदैन । त्यो काम अब मेरो भाइ, बहिनीहरुले गर्ने हो । 

उनीहरुलाई राजनीतिमा ल्याएर आफू कुनै सुविधाको पदमा जाने भन्नुभएको हो ?

– त्यस्तो काम मैले गर्ने होइन । पोलिटिकल अपोइन्टमेन्ट लिनको लागि मेरो क्वालिफिकेसन पुग्दैन । पुगे पनि एउटा निश्चित उमेरपछि हामीले रेष्ट लिनुपर्छ, हामीभन्दा पछाडिको पुस्तालाई अगाडि ल्याउनुपर्छ । बूढाबूढीहरुले पोलिटिक्समा ठाउँ ओगट्यो भने फेरि घण्टी, लौरोको तमाशा देख्नुपर्छ । पोलिटिक्सलाई पब्लिकको नजरमा तल पार्नुहुँदैन ।

के यो कुरा तपाईंकै पार्टीमा सम्भव छ ? 

– हाम्रो अध्यक्ष माधव नेपाल त क्लियर लाग्छ मलाई । उहाँहरुले हामीलाई गार्जियनसीप दिनेमात्रै हो, अबको पोलिटिक्स चलाउने युवाले हो । उहाँहरुबाट हामीले सिक्ने हो, जनतालाई उहाँहरुको अनुभवका आधारमा विकास र अवसरको नयाँ–नयाँ टेष्ट दिने हो ।
 

टिप्पणीहरू