टीकपुर हत्याकाण्ड 'क्रुर अमानवीय', रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

टीकपुर हत्याकाण्ड 'क्रुर अमानवीय',  रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर
सुन्नुहोस्

आठजनाको ज्यान जाने गरी भएको टीकापुर हत्याकाण्डलाई सर्वोच्च अदालतले 'क्रुर, अमानवीय र सभ्य समाजले कल्पनै गर्न नसक्ने घटना' का रुपमा व्याख्या गरेको छ । 

उक्त हत्याकाण्डसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । सर्वोच्चको पूर्णपाठमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीकै नेतृत्वमा उक्त घटना घटाईएको पनि उल्लेख गरिएको छ । 

फैसलाको पूर्णपाठ नआउँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी जेलमुक्त भैसकेका छन् । तीनै तहका अदालतबाट दोषी ठहर भई जेल परेका उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले माफी मिनाहा गरेका थिए । 

 तर, सर्वाेच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाई ‘क्रुर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भएको र त्यसमा चौधरीको संलग्नता ठहर्याइएको छ ।

‘रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने र शवहरू क्षत–विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय, क्रुर र निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।
 

टिप्पणीहरू