विपक्षीलाई जिल्याउँदै मुख्यमन्त्री कन्फर्म
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा आज उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
९३ सदस्यीय प्रदेशसभामा थापाले ४७ मत पाएका छन् । उनको विपक्षमा ३० मत खसेको छ । बैठकमा ७७ जना सांसद उपस्थित थिए ।
उपसभामुख सृजना दनुवार उपस्थित नभएपछि बैठकको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेर बहुमत पुर्याइएको हो । सभा सन्चालनको जिम्मा पाएका उनले अध्यक्ष मण्डलका अर्का सदस्यलाई सभामुखको आसनमा बसाएर अन्तिममा मत हालेका थिए ।
प्रमुख प्रतिपक्ष एमालेले भने उक्त कदमको विरोध गरेको छ । एमाले सांसदहरुको नाराबाजीकै बीच मत परिणाम घोषणा गरिएको थियो ।
काँग्रेससहित माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत पुर्याउन नदिने रणनीतिअन्तर्गत एमालेले उपसभामुख दनुवारसहित ज्येष्ठ सदस्यहरुलाई अनुपस्थित गराएको थियो ।
सन् २०१७ तिर झापामा सशस्त्र प्रहरीमाथि जाइलाग्दै उद्धव थापा । सामान्य धकेलाधकेल भएपछि उनी सशस्त्र प्रहरीलाई ढुंगा हान्न तम्सिएका थिए । आज उनले कोशीको मुख्यमन्त्रीका रुपमा बिश्वासको मत पाएका छन् ।
टिप्पणीहरू