प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित
प्रनिनिधि सभाको आज दिउँसो बोलाइएको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि डाएिको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइएको छ ।
संसद सचिवालयले प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक भोलि दिउँसो बस्ने सूचना सार्वजनिक गरेको छ ।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेर एमालेले संसद अवरोध गर्दै आएको छ ।
हिजो राति अवरुद्ध संसद बैठक सुचारु गर्ने सर्वदलीय सहमति भए पनि आज दिउँसोसम्म लिखित सहमति नभएकाले बैठक स्थगित भएको हो । झण्डै एक महिनादेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध हुँदै आएको छ ।

टिप्पणीहरू