सर्वदलीय बैठकअघि क्याबिनेट मिटिङ

सर्वदलीय बैठकअघि क्याबिनेट मिटिङ
सुन्नुहोस्

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो दिउँसो २ बजे बोलाउनुभएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण रोकिएको थियो । 

सोही बैठक आज बिहान ११ बजे राखिएको छ । सिंहदरबारमा बस्ने बैठकले एक महिनादेखि अवरुद्ध संसद खुलाउने बताइएको छ । सुन तस्करी घटनामा छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोगको माग गर्दै एमाले संसदभित्र आन्दोलनरत छ । 

आयोग गठन गर्न सत्तापक्ष सहमत भएपनि हिजोको बैठकमा आयोगको कार्यक्षेत्रलगायत विषयमा स्पष्ट पार्न बोलाइएको बैठकमा एमाले अध्यक्ष ओली स्वास्थ्यको कारण जनाउँदै अनुपस्थित हुनुभएको हो ।

यता मन्त्रीपरिषदको पछिल्लो बैठक बिहान ९ बजेदेखि बसेको छ ।
 

टिप्पणीहरू