कोशीको विश्वासको मतविरुद्ध एमाले सर्वोच्चमा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवाद पुनः सर्वोच्च अदालत पुगेको छ । उक्त प्रक्रिया असंवैधानिक भएको जनाउँदै आज रिट निवेदन दायर गरिएको छ ।
नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको हो । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाइएको छ ।
रिटमाथि भोलि सुनुवाई हुने भएको छ । मुख्यमन्त्री थापाले अस्ति कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग भएको थियो । उक्त मत घोषणा गैरसंवैधानिक भएको रिटमा उल्लेख छ ।
कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएको हुँदा संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेशको माग गरेका छन् ।
टिप्पणीहरू