पुल्चोकका विद्यार्थीहरूद्वारा बिहान घेराउ, दिउँसो हवन, साँझ मसाल जुुलुस
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले हवन लगाएका छन् । इन्जिनियरिङ अध्ययन शुल्कमा गरिएको वृद्धि र भ्रष्टाचारविरुद्ध हवन लगाइएको बताइएको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई यसअघि गरिएको चर्को शुल्क वृद्धि फिर्ता लिन माग गरिएको छ । तर, माग पूरा नभएपछि आज विद्यार्थीहरूले डिनको कार्यालय अगाडि ‘वुद्धि शुद्धि हवन’ लगाएका हुन् ।
आजै बिहान नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका नेता तथा कार्यकर्ता बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास घेर्न गएका थिए । यता नेविसंघ पुल्चोक क्याम्पस इकाइका सभापति पाँच दिनदेखि अनसनमा बसेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा शुल्क वृद्धिको विरोधमा गत साता मसाल जुुलुस गरिएको थियो ।
टिप्पणीहरू