पाकिस्तानसँग नेपालकाे लज्जास्पद पराजय

पाकिस्तानसँग नेपालकाे लज्जास्पद पराजय

एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

विश्व वरीयतामा शीर्ष स्थानमा रहेको घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाएर मात्र १०४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि साेमपाल कामीले २८ र आरिफ शेखले २६ रन बनाउनु बाहेक अरु ब्याटरले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । पहिलो ओभरमै ओपनर कुशल भुर्तेल र कप्तान राेहित पाैडेल आऊट भएपछि नेपालले लगातार विकेट गुमाएको थियाे ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । उसका लागि कप्तान बाबर अजाम र इफ्तिखार अहमदले शतकीय साझेदारी गरे । बाबरले  १५१ रनको शानदार पारि खेले भने इफ्तिखार १०९ रनमा अविजित रहे ।

 त्यस्तै, मोहमद रिजवान ४४ रनमा रनआउट भए । अन्य ब्याटरले भने ठूलो स्कोर बनाउन सकेनन् । 

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । सन्दीप लामिछाने र करण केसीले समान एक-एक विकेट हात पारे । पाकिस्तानका दुई ब्याटर रनआउट भए ।

टिप्पणीहरू