नेपाल र भारतको खेल वर्षाले बिथोलियो

नेपाल र भारतको खेल वर्षाले बिथोलियो

एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले रोकिएको छ ।

३८ औँ ओभरको खेल चलिरहँदा भारी वर्षा भएपछि खेल अवरुद्ध भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको छ । 

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय इनिङ खेले । ५८ रन बनाएर खेलिरहेका उनी मोहमद सिराजको बलमा स्टम्प पछाडि समातिए । 

आसिफले अर्का ओपनर कुशल भुर्तेलसँग ६५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । आक्रामक ब्याटिङ गरेका कुशलले जम्मा २५ बलमा ३८ रन बनाए । तीन चौका र दुई छक्क हानेका उनी सर्दुल ठाकुरको बलमा विकेट किपरबाट क्याच आउट भए ।  

 गुलसन झा २३ रनमा आउट भए । अहिले दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन् ।

पहिलो पटक एसिया कप खेलिरहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग लज्जास्पद हार व्यहोरेको थियो । आजको खेल जिते नेपाल सुपर फोरमा प्रवेश गर्नेछ । हार वा वर्षाका कारण अंक बाँडेको अवस्थामा भने नेपाल समूह चरणबाटै बाहिरिने छ ।

टिप्पणीहरू