संविधान दिवसको अवसरमा दशरथचन्दको ब्याटमिन्टन प्रतियोगिता

संविधान दिवसको अवसरमा दशरथचन्दको ब्याटमिन्टन प्रतियोगिता
सुन्नुहोस्

बैतडीको दशरथचन्द नगरपालिकाले संविधान दिवसको अवसरमा खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । 

नगरपालिकाले कर्मचारी मिलन केन्द्रको समन्वय र सहजीकरणमा आगामी असोज १ गतेदेखि असोज ३ गतेसम्म उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने जोडीले पन्ध्र हजार, दोस्रोले दश हजार र तेस्रो हुने प्रतियोगीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

नगरपालिकाले प्रतियोगितामा सहभागी हुन चाहनेलाई यही भद्रौ ३१ गते बेलुका ५ बजेभित्र आफ्नो टोली दर्ता गराउन भनेको छ । टोली दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ । 

प्रतियोगिता जिल्ला प्रशासन कार्यालय बैतडीको जगन्नाथ ब्याटमिन्टन कोर्टमा हुने बताइएको छ ।

टिप्पणीहरू