पूर्वमन्त्री खेमराजको निधन

पूर्वमन्त्री खेमराजको निधन

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ । राजधानीको वीर अस्पतालमा क्यान्सर रोगको उपचारमा रहेका भट्टको हिजो निधन भएको बताइएको छ ।

भट्ट २०५६ को आम निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि केही समय सामान्य प्रशासन मन्त्री बनेका थिए । 

पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए  ।

टिप्पणीहरू