एसियाडमा चीनलाई स्वर्णको वर्षा, कोरिया दोस्रो स्थानमा

एसियाडमा चीनलाई स्वर्णको वर्षा, कोरिया दोस्रो स्थानमा फोटो : सिन्ह्वा

१९ औं एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले पदक तालिकामा पहिलो दिन शीर्ष स्थान कायम राखेको छ । आज साँझसम्म २० स्वर्णसहित ३० पदक जितेर चीन पहिलो स्थानमा रहेको छ । 

चीनले ७ रजत र ३ कास्य पदक पनि जितेको छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ४ रजत र ५ कास्यसहित १४ पदक जितेको छ । २ स्वर्ण, ७ रजत र ५ कास्यसहित १४ पदक जितेको जापान तेस्रो स्थानमा छ ।

चौंथो स्थानमा हङकङ छ । उसले २ स्वर्ण र ५ कास्य गरी ७ वटा पदक जितेको छ । १ स्वर्ण, रजत र कास्य समान ३ गरी ७ पदक जितेर उज्बेकिस्तान पाँचौं हुँदा १ स्वर्ण १ रजत र २ कास्य गरि ४ पदक जितेको चाइनिज ताइपेइ छैठौँ स्थानमा छ । 

३ रजत र २ कास्यसहित ५ पदक जितेको भारत सातौँ भएको छ । उसले अहिलेसम्म स्वर्ण हात पार्न सकेको छैन ।

एसियाडका विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको नेपालले भने अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन ।

टिप्पणीहरू