मंगोलिया पराजितपछि दीपेन्द्रलाई एक लाख र अन्य खेलाडीलाई १० हजार पुरस्कारको घोषणा

मंगोलिया पराजितपछि दीपेन्द्रलाई एक लाख र अन्य खेलाडीलाई १० हजार पुरस्कारको घोषणा

नेपाली घरेलु क्रिकेटको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ । 

चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्ध भएको खेलमा नौं बलमै अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका ऐरीलाई अल स्टारले एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । 

त्यस्तै, मंगोलियाविरुद्धको खेलमा कीर्तिमान जित हात पारेको नेपाली टोलीका अन्य खेलाडीलाई पनि अल स्टारले जनही दश हजार रुपैयाँ दिने जनाएको छ ।

टिप्पणीहरू