नेपाली तेक्वान्दो खेलाडीलाई बंगलादेशमा सफलता

नेपाली तेक्वान्दो खेलाडीलाई बंगलादेशमा सफलता
सुन्नुहोस्

बंगलादेशमा भएको पहिलो बंगलाबन्धु खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीपमा नेपाली खेलाडीहरुलाई सफलता मिलेको छ । कागेश्वरी मनोहरा नगरपालिका ५ स्थित थली तेक्वान्दो डोजाङका वरिष्ठ खेलाडी तथा सहायक प्रशिक्षक विष्णु खत्री र दिपेश पौड्याललाई रजत र काश्य पदक प्राप्त भएको हो ।

प्राप्त समाचारअनुसार ३० देखि ४० वर्ष उमेर समूहमा विष्णु खत्रीलाई रजत र १८ देखि ३० वर्ष उमेर समूहका दिपेश पौड्यालले काश्य पदक प्राप्त गरेका हुन् । 

३० देखि ४० उमेर समूहमा टिम पुम्सेमा विष्णु खत्री, लेखबहादुर गुरुङ र गंगाराम आचार्यले काश्य पदक जितेका छन् । त्यसैगरी १८ देखि ३० उमेर समूहको टिम पुम्सेमा दिपेश पौड्याल, सनिल शाक्य र प्रदीप गिरीलाई रजत पदक प्राप्त भएको हो ।

टिप्पणीहरू