नलगाड नगरपालिकाका मृतक ५५ जनाको अन्त्येष्टि, उपमेयरको शवमा राष्ट्रिय झण्डा
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएका जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
उहाँले स्थानीय त्रिवेणी नदीमा दाहसंस्कारको क्रममा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभएको छ ।
अस्ति रातिको भूकम्पमा नलगाड नगरपालिकामा उपप्रमुख सिंहसहित ५५ जनाको ज्यान गएको छ । उनीहरु सबैको दाहसंस्कार भइसकेको छ ।
टिप्पणीहरू