स्वास्थ्यमन्त्रीलाई शीतल निवासमा बोलाइयो
राष्ट्रपति रामचन्द्र पौडेलसँग स्वाथ्स्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भेट गर्नुभएको छ । भेटमा राष्ट्रपतिले जाजरकोट भूकम्पका घाइतेको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको बताइएको छ ।
राष्ट्रपति भेट्न शीतल निवास पुग्नुभएका स्वास्थ्यमन्त्री बस्नेतलाई उहाँले राजधानीलगायत मुलुककमा विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति विशेष ध्यान दिन र प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले अस्ति भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत अवलोकन गर्नुभएको थियो ।
टिप्पणीहरू