हङकङमा महिला टोली पराजित

हङकङमा महिला टोली पराजित

चारदेशीय महिला टी-२० आई क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ । हङकङमा भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमै नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो  ।

११६ रनको झिनो लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भयो । सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । उसका लागि हुद्दा ओमरीले २५ तथा आइशा मोहमतले २१ रन बनाइन् ।

बलिङतर्फ संगिता राईले २ तथा कप्तान बर्मा, रुबिना क्षेत्री र पूजा महतोले समान १ विकेट लिए । प्रतियोगितामा नेपालले भोलि हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।

टिप्पणीहरू