महेस बस्नेतहरुको कार्यक्रम माइतीघरबाट तीनकुने सर्यो
माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएसँगै नेकपा एमालेको भातृ संगठन युवासंघको प्रदर्शन तीनकुनेमा सारिएको छ ।
संघको इञ्चार्जसमेत रहेका एमाले नेता महेश बस्नेतले सो जानकारी गराएका हुन् । सरकारले सुरक्षाको कारण माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा, सम्मेलन गर्न नदिने निर्णय गरेपछि मंसिर ७ गते ११ बजे हुने युवासंघको प्रदर्शन तीनकुनेमा सारिएको जानकारी गराइन्छ', उनले सामाजिक सञ्जालबाट भनेका छन् ।
व्यवस्था उल्ट्याउने अभियानमा रहेका दुर्गा प्रसाईं र त्यसको काउन्टरमा युवासंघले काठमाडौँमा एकैदिन शक्ति प्रदर्शन गर्न लागेपछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । आज साँझ विशेष आदेश जारी सिडिओ कार्यालयले उक्त स्थानमा कुनै पनि कार्यक्रम गर्न नपाउने प्रष्ट पारेको हो ।
टिप्पणीहरू