बद्नाम ठेकेदार पप्पुका मालिकलाई एमालेको माल्यार्पण

बद्नाम ठेकेदार पप्पुका मालिकलाई एमालेको माल्यार्पण

पूर्वसांसद तथा विवादास्पद पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) छाडेर उनी आज एमाले छिरेका हुन् । पर्साको पोखरियामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा भित्र्याउनुभएको हो ।

रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट एमाले उम्मेदवारलाई हराउँदै जसपाको टिकटमा सांसद निर्वाचित भएका थिए । देशभर दर्जनौँ निर्माणको ठेक्का लिएर अलपत्र पारेका उनी बदनाम ठेकेदारको रुपमा परिचित छन् ।

पप्पु कन्ट्रक्सनले लिएका विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दासमेत दर्ता गरेको थियो । त्यसपछि रौनियार सांसद पदबाट निलम्बित भएका थिए ।

टिप्पणीहरू