निकोलसलाई भाटैभाटा
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा धर्ना दिन पुगेका निकोलस भुसाललाई प्रहरीले भाटा हानेको छ । ‘अति भो राजनीतिक खेल, आमाको सरकार फेल’ भन्दै नाराबाजी गरेका उनलाई प्रहरीले १२ भाटा हानेको हो ।
प्रहरीको कुटाइबाट भुसाल घाइते समेत भएका छन् । उनलाई केही युवाहरुले उचालेर माइतीघरबाट निकालेका हुन् । दुखाई कम गर्न युवाहरुले भुसाललाई पेन किलर किनेर खुवाएको सार्वजनिक भिडियोमा सुनिन्छ । भुसाल खोच्याउँदै बाटो लागेका छन् ।
आगामी निर्वाचनअघि जेनजीको माग सम्बोधन हुनुपर्ने, अन्यथा चुनाव नै हुन नदिने बताउँदै आएका भुसाल हिजो पनि माइतीघरबाट पक्राउ परेका थिए । तर प्रहरीले सम्झाईबुझाई गरेर छाडेको हो । आज फेरि माइतीघर पुगेका उनीसहित युवाहरुलाई प्रहरीले केहीबेरमै तितरबितर पारेको छ ।
टिप्पणीहरू