‘मन्त्री मस्तीमा, जनता सास्तीमा’ भन्दै राँके जुलुस

‘मन्त्री मस्तीमा, जनता सास्तीमा’ भन्दै राँके जुलुस

एमालेका भ्रातृ संगठनहरुले आज काठमाडौं र ललितपुर विभिन्न स्थानमा मसाल जुलुस निकालेका छन् । पार्टी निकट युथ फोर्सले ललितपुरको मंगलबजार चोकमा साँझ ६ बजे राँके जुलुस निकालेको हो । 

सुन्धारा चोकमा पुगेपछि जुलुसलाई प्रहरीले तितरबितर पारेको थियो । जुलुुसका सहभागीले सरकारबिरोधी नारा लगाएका थिए । जुलुसमा फोर्सका जिल्ला अध्यक्ष राजिब थाडा राईको नेतृत्वमा झण्डै ६५  जनाको सहभागिता रहेको बताइएको छ ।

ललितपुरकै महालक्ष्मी नगरपालिकाको कृष्ण मन्दिर अगाडि राष्ट्रिय युवा संघले पनि साँझ ६ बजे मसाल जुलुस निकालेको छ । जुलुसका सहभागीले गठबन्धन सरकार मुर्दावादलगायत नारा लगाएका थिए ।

संघले काठमाडौंको सुन्धारा, प्रदर्शनीमार्ग, चाबहिल र कागेश्वरी मनोहराको सानो थलीमा पनि मसाल जुलुस निकालेको छ । भोलिको कार्यक्रमको प्रचार गर्दै एमालेले ‘मन्त्री मस्तीमा, जनता सास्तीमा’ लेखिएको पर्चा, पम्प्लेटसमेत वितरण गरेको छ ।

टिप्पणीहरू