काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा

काँग्रेसको लुम्बिनी प्रदेश सम्मेलन बुटवलमा

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बुटवलमा हुने भएको छ । सम्मेलन मंसिर १६ र १७ गते हुन लागेको हो । 

सम्मेलनको उद्घाटन पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताइएको छ । सम्मेलनमा देउवासहित पार्टीका शीर्ष नेताहरु पुग्ने आयोजकले जनाएको छ ।

प्रथम सम्मेलन भएकाले प्रदेशका १२ वटै जिल्लाबाट विशेष सहभागिता रहने छ । कार्यक्रममा सभापति देउवासहित वरिष्ठ नेता डा.शेखर कोइराला, उपसभापति तथा उपप्रधान रक्षामन्त्री पूर्णबहादुर खड्का, संसदीय व्यवस्था तथा कानूनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु डा.चन्द्रकान्त भण्डारी, दीपक गिरीलगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
 

टिप्पणीहरू