आफ्नै नामको खेल उद्घाटन गरेर एमाले अध्यक्ष काठमाडौं फिर्ता

आफ्नै नामको खेल उद्घाटन गरेर एमाले अध्यक्ष काठमाडौं फिर्ता

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता’ उद्घाटन गर्न बिहान पोखरा जानुभएका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किनुभएको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरूङ, सचिव गोकर्ण विष्ट, नेता भुपेन्द्रबहादुर थापासहित उहाँ बिहान यती एयरलाइन्सको जहाजमा पोखरा जानुभएको थियो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा एक समारोहबीच दिउँसो प्रतियोगिता उद्घाटन गरेर एमाले नेताहरु काठमाडौं फर्केका हुन् । 

सोही एयरलाइन्सको उडानमा उहँहरु अपरान्ह पौने ५ बजे काठमाडौं ओर्लिएको बताइएको छ ।

टिप्पणीहरू