प्रधानमन्त्री बुधबार दुबई जाने, आइतबार फर्कने

प्रधानमन्त्री बुधबार दुबई जाने, आइतबार फर्कने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधबार संयुक्त अरब इमिरेट्सको दुबई जाने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ संस्करण (कोप–२८) मा सहभागी हुन उहाँ त्यहाँ जान लाग्नुभएको हो । 

मंसिर १४ गतेदेखि २६ गतेसम्म हुने सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको नेतृत्व गर्दै हुनुहुन्छ । टोलीमा प्रधानमन्त्रीसहित वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो, वन तथा वातावरण सचिव दीपककुमार खराल, अर्थ सचिव कृष्णहरि पुस्कर, प्रधानमन्त्रीका स्वकीय सचिवद्वय गङ्गा दाहाल, रमेश मल्ल, प्रधानमन्त्रीको विकास व्यवस्थापन तथा वातावरणविद् सल्लाहकार डा. पपुलर जेन्टल भुसाल टोलीमा हुनेछन् ।

टिप्पणीहरू