सेनामा नक्कलीहरू

सेनामा नक्कलीहरू

नेपाली सेनामा के हुँदै छ अहिले हँ ? जुन कमाण्डर आए पनि नक्कली सर्टिफिकेट ।

कसैको जन्ममिति नक्कली । कसैको शैक्षिक प्रमाणपत्र नक्कली । कसैको नागरिकता नक्कली । जसको पनि केही न केही नक्कली । के नेपाली सेना यस्तै नक्कली नै नक्कली कमाण्डरहरूले भरिएको फोर्स हो ? 

अस्ति भर्खर पत्ता लाग्यो, एक जना सैनिक अधिकृतले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै आफ्नो जन्ममिति सच्याएका रहेछन् । छानबिनबाट थाहा भएपछि उनले राजीनामा दिए । प्रतिस्पर्धाबाट हटे ।

तर उनले यो अपराधको लागि राजीनामा मात्र दिएर पुग्छ ? परीक्षा नियन्त्रण कार्यालयको ढड्डामा गएर अनधिकृत रूपले आफ्नो सर्टिफिकेटमा केरमेट गर्नु अपराध होइन ? यो अपराधको लागि सम्बन्धित सैनिक हाकिम र परीक्षा नियन्त्रण कार्यालयका हाकिमलाई कारबाही गर्नु पर्दैन ? अपराधको सजायँ राजीनामा मात्रै हो र ? दण्ड खोइ ? दण्डै नदिने भएपछि नेपाली सेनामा नक्कली सर्टिफिकेट नबढे अरु के बढ्छ त गाँठे !

टिप्पणीहरू