सात दलका एक हुल नेता नयाँ दिल्ली उडे

सात दलका एक हुल नेता नयाँ दिल्ली उडे
सुन्नुहोस्

संसदमा प्रतिनिधित्व गर्ने ठूला पार्टीका एक दर्जन नेता भारत भ्रमणमा गएका छन् । 

भारतको एउटा निजी संस्थाको निम्तोमा सात राजनीतिक दलका ११ जना नेताहरु १० दिने अध्ययन भ्रमणका लागि आज दिउँसो त्यता गएका हुन् । भारत गएका नेताहरुको सूचीमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्ष नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नेकपा एकीकृत समाजवादीका तेस्रो तहका नेताहरु छन् । 

जसमा नैनसिंह महर, रेनु चन्द, गोमा बिष्ट, मुकुन्द भट्टराई, राम आशिष यादव, अनिलकुमार रुंगटा, अशोककुमार चौधरी, कविन्द्र बुर्लाकोटी, सुनिता बराल, सूर्यप्रसाद पाठक र नवराज जोशी छन् । उनीहरु आज दिउँसो पौने ३ बजे इन्डिगो एयरलाइन्सको उडान नम्बर ६ इ ११५६ मा काठमाडौँबाट दिल्ली प्रस्थान गरेका हुन् ।

नेताहरुले अब्जरभेसन रिसर्च फाउन्डेसन (ओआरएफ) को आयोजनामा आजदेखि १० दिनसम्म चल्ने मैत्रीपूर्ण अध्ययन भ्रमणमा सहभागिता जनाउने छन् ।

टिप्पणीहरू