एकैपटक तीनजना प्राध्यापकको राजीनामा मागियो

एकैपटक तीनजना प्राध्यापकको राजीनामा मागियो

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसका तीन जना प्राध्यापकको राजीनामा मागेको छ । स्ववियु उपसभापति कमल न्यौपानेमाथि भौतिक आक्रमण र गालीगलौज गरिएको भनिएका तीन जना प्राध्यापकको राजीनामा मागिएको बताइएको छ ।

पठनपाठन अवरुद्ध पारेर क्याम्पसमा कार्यरत एक जना शिक्षकको बिहे भोजमा सहभागी हुन गएपछि न्यौपानेले सामाजिक सञ्जालमा उक्त कार्यको भत्र्सना गरेका थिए । सोही फेसबुक स्टाटसलाई आधार बनाउँदै आज बिहान आफूलाई  सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखहरुले गालीगलौज र भौतिक आक्रमण गरेको स्ववियु अध्यक्ष कुवेर खड्काले बताए । 

स्ववियुले विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र राजीनामा दिनुपर्ने माग गरेको छ । ‘आज मिति २०८०–८–२४ गते बिहान करिब ९ बजेर २० मीनेटमा हाम्रो स्ववियु उपसभापति कमल न्यौपानेमाथि क्याम्पसका जिम्मेवार सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु भौतिक आक्रमण गरेको र गालीगलौज धम्कीप्रति घोर आपत्ति जनाउँदै नैतिकताको आधारमा २४ घण्टाभित्र तीन जना प्राध्यापकको राजीनामा माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू