एमाले मिसन ०८४ मा, समाजवादी भोट हाल्न सिकाउँदै

एमाले मिसन ०८४ मा, समाजवादी भोट हाल्न सिकाउँदै
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीले भोटिङ मेसिनबाट मतदान गर्ने तरिकाबारे कार्यकर्तालाई तालिम दिएको छ । पार्टीको निर्वाचन आयोगले सञ्चालन गरेको तालिममा भोटिङ मेसिनबाट मतदानको व्यवहारिक जानकारी दिइएको हो ।

आलोकनगरस्थित पार्टी मुख्यालयमा हिजो सम्पन्न तालिममा इलेक्ट्रिकल भोटिङ मेसिनबाट भोट गर्ने तरिकाका सम्बन्धमा सहभागीहरुलाई प्रयोगात्मक प्रशिक्षण दिइएको एकीकृत समाजवादीले जनाएको छ । तालिमका क्रममा नमूना भोटिङसमेत गराइएको थियो । 

भोटिङ मेसिन बनाएका राम लक्ष्मण रिमालले मेसिन र भोट गर्ने तरिकाका सम्बन्धमा नेताहरुलाई जानकारी गराएका थिए ।  तालिममा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित आयोगका पदाधिकारी र डेढ सय नेता–कार्यकर्ता उपस्थित थिए । कार्यक्रमपछि इलेक्ट्रिकल भोटिङ मेसिन र भोट गर्ने तरिकासहित त्यसका चुनौतीका बारेमा अन्तरक्रियासमेत गरिएको जनाइएको छ ।

आमचुनाव सकिएको वर्ष दिन नपुग्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरि ‘मिसन ०८४’ अभियान चलाईरहँदा सोही पार्टीबाट फुटेको समाजवादीले चुनावी झल्को दिनेगरी भोटिङ मेसिन प्रयोगको व्यवाहारिक तरिका सिकाउन थालेको हो ।

टिप्पणीहरू